२०८२ बैशाख २८ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

काठमाडौँमा चोरीको आरोपमा बुद्धशान्तिकी मगर पक्राउ


मेचीनगर, जेठ ४ । चोरी कार्यमा संलग्न भएको आरोपमा झापा बुद्धशान्तिकी एकजना युवतीलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ ।

सुकेधारा बस्दै आएकी झापाको बुद्धशान्ति-३ घर भएकी २० वर्षीया अनुष्का मगरलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

परिसरका अनुसार मगरले सुनको साढे एक तोलाका दुई वटा औँठी, एक तोला बराबरको ब्रासलेट, सिक्री, चुरालगायत झन्डै आठ तोला बराबरको सुनका गरगहना चोरी गरेको आरोप छ । उनले एउटा मोबाइलसमेत चोरी गरेको निवेदन परेको छ ।

प्रहरीले अनुष्काको साथबाट एउटा हाते झोला, सुनको गहना राख्ने बट्टा, सुनजस्तै देखिने ११ ग्राम तौल भएको एउटा सिक्री, सुनजस्तै पहेँलो धातु २.५ ग्रामको दुई थान जुली र एउटा मोतीको माला बरामद गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लुटिएको नाटक गर्ने मगर पक्राउ

त्यस्तै, भन्सार छली गरेर ल्याइएको सुन सम्बन्धित व्यक्तिलाई नदिई आफैँले राख्ने उद्देश्यले लुटिएको नाटक गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाम सूर्योदय-१४ घर भई झापा बिर्तामोड बस्ने सूर्यबहादुर समाल मगर पक्राउ परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनी विदेशबाट आएको दोस्रो दिन जेठ २ गते आफू लुटिएको भनी घाउचोटसहित ललितपुरको गोदाबरीस्थित सडकको नालीमा बसेको अवस्थामा भेटिएका थिए ।

Adv footer