२०८१ साउन १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबलः उपाधि पूर्वेली रातोलाई


बिर्तामोड, जेठ ७ । पूर्वेली युवा क्लब रातोले बिर्तामोडमा सम्पन्न स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनल उपाधि चुमेको छ ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको फाइनल खेलमा आयोजक निलोलाई ३–१ गोल अन्तरले पराजित गर्दै आयोजक रातो च्याम्पियन बनेको हो ।

जितसँगै आयोजक पूर्वेली रातोले एक लाख ११ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता पूर्वेली निलो ५५ हजार ५५५ रुपैयाँमा सीमति भयो ।

विजेताका लागि बिकर्ण श्रेष्ठले तीन गोल गोल गरे । उनले खेलको २० औँ, ३३ औँ र ५१ औँ मिनेटमा गोल गरे । त्यस्तै, निलोका लागि २५ औँ मिनेटमा कृष्ण शाक्यले गोल गरे ।

खेलको व्यक्तिगत विधातर्फ पूर्वेली रातोका खेलाडीको वर्चश्व रह्यो । खेलको प्लेयर अफ दि म्याच भुपेन लिम्बू भए । उनले नगद २५०० र ट्रफी पाए ।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर सुनिल तामाङ, डिफेन्डर मोहन गुरुङ, मिडफिल्डर रमेश गुरुङ, फरवार्ड बिकर्ण श्रेष्ठ र प्रशिक्षक योगेश गुरुङ भए । उनीहरुले नगद पाँच हजार र ट्रफी प्राप्त गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सन्तोष राई भए । उनले नगद १० हजार र ट्रफी प्राप्त गरे ।

पूर्वेली युवा क्लबका अध्यक्ष रविन श्रेष्ठकी ममतामयी माताको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको संयोजन टेकराज तिलिङले गरेका थिए । प्रतियोगितामा कोशी प्रदेशका आठवटा टिमको सहभागिता रहेको क्लबका कार्यवहाक अध्यक्ष दिपेन चौधरीले बताए ।

१५ वर्षअघि बिर्तामोडका अगुवा युवाहरुको साझा संस्थाको रुपमा स्थापित यस क्लब खेलकुदसँगै सामाजिक कार्यमा समेत अग्रसर रहँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer