२०८१ असार ३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

कचनकवलबाट ४० ग्राम ब्राउन सुगरसहित शेख पक्राउ


बिर्तामोड, जेठ ९ । झापामा लागुऔषध ब्राउनसुगर पक्राउ गर्ने क्रममा मंगलबार एक कारोबारी महिला पक्राउ परेकी छन् । उनलाई झापाको कचनकवलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कचनकवल गाउँपालिका ४ स्थित सुनकोशी चिया बगानमा लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय केचनाबाट खटिएको टोलीले सोही ठाउँकी ३६ वर्षीया अलिसा शेखलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट प्लास्टिकमा पोका पारी बोकेको २ पोकामा ४० ग्राम ८४० मिलिग्राम ब्राउनसुगर फेला पारेको थियो । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer