२०८१ असार ३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

लागुऔषधसहित तीनजना काँकरभिट्टामा पक्राउ


बिर्तामोड, जेठ ९ । झापामा लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार  पक्राउ पर्नेमा दमकका १ जना र उर्लाबारीका २ जना रहेका छन् ।

मेचीनगरको पुरानो मेची पुल हुँदै भारतको पानीट्याङ्कीबाट सिटी सफारीमा नेपालतर्फ आउँदै गरेका मोरङ उर्लाबारी-५ का २६ वर्षीय समिर मगर र उर्लाबारी-२ का २७ वर्षीय सुजन कार्कीलाई ब्राउन सुगरसहित मंगलबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा उनीहरूको साथबाट १२ ग्राम १२० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो ।

त्यस्तै, मेचीनगर-६ पुरानो मेची पुल हुँदै भारतको पानीट्याङ्कीबाट सिटी सफारीमा आउँदै गरेका दमक-९ का २७ वर्षीय आशिष खडरिया पनि पक्राउ परेका छन् । उनलाई ५ ग्राम १०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो । पक्राउ परेका तीनैजनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer