२०८१ असार ३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

ठगी आरोपमा झापाका पण्डितसहित तीनजना पक्राउ


बिर्तामोड, जेठ १० । वैदेशिक रोजगारीका लागि अमेरिकालगायतका देशमा पठाउने भन्दै ठगी गरेको आरोपमा झापाका एकजनासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा झापा घर भई काठमाडौँ–७ चाबहिल बस्ने ३१ वर्षीय प्रशान्त पण्डित, सप्तरी कोइलाली गाउँपालिका–३ घर भई काठमाडौँ–३२ तीनकुने बस्ने ४५ वर्षीय शैलेश कुमार र कैलाली भजनी गाउँपालिका–१ घर भई ललितपुर महालक्ष्मी–१ बस्ने ३६ वर्षीय विशाल हमाल रहेका छन् ।

आकर्षक तलबको प्रलोभनमा पारेर ठगी गरेको भन्दै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

हमालले अमेरिका पठाइदिन्छु भन्दै दुईजनाबाट १६ लाख ७० हजार रूपैयाँ, शैलेशले बेलायत पठाइदिन्छु भन्दै एकजनाबाट ५ लाख ४० हजार रूपैयाँ, प्रशान्तले भिजिट भिसामा अस्ट्रेलिया पठाइदिन्छु भन्दै एकजनाबाट ८ लाख रूपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

उनीहरूविरूद्ध वैदेशिक रोजगारअन्तर्गत व्यक्तिगत ठगीमा कारबाही चलाउन थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer