बिर्तामोड, जेठ १० । झापाको बिर्तामोड बसपार्कबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा बिर्तामोड–५ का कृष्ण ठाकुर र सुनसरी दुहबी घर भई हाल बिर्तामोड–४ मा बस्दै आएका खड्गनारायण चौधरी रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट ७ ग्राम ५१० मिलिग्राम ब्राउनसुगर, २५४ ग्राम गाँजा र नगद २ हजार ६७० रुपैयाँ बरामद गरेको जनाएको छ ।
लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थाई प्रहरी पोस्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
उनीहरुमाथि म्याद थप गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।