२०८१ असार ३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

साम्भवी फुडले ल्यायो जिम्मी जिम्मी ब्रान्डमा कोकोनट जेली जुस


बिर्तामोड, जेठ १० । झापाको अर्जुनधारा-५ मा रहेको साम्भवी फुड एन्ड बेभरेजेज प्रालिले नयाँ जुस (पेय पदार्थ) बजारमा ल्याएको छ ।

कम्पनीले जिम्मी जिम्मी ब्रान्डमा कोकोनट जेली जुस बजारमा ल्याएको हो । कम्पनीले एक महिनादेखि ६ वटा स्वादका फरकफरक जुस बजारमा ल्याएको हो ।

कम्पनीले स्ट्रबेरी, लिची, मेङ्गो, ब्लुबेरी, ओरेन्ज, किबीको स्वादका जुस बजारमा ल्याएको कम्पनीका सञ्चालक पुष्प आर्चायले जानकारी दिए ।

उनले केही दिनमा कम्पनीले पिच (आरु), अनार, क्यानबेरी, अम्बाको स्वादका जुसहरु बजारमा ल्याउने तयारी गरिरहेको बताए ।

कम्पनीले एक वर्षदेखि नै जुसिका मेङ्गो र मेन्टेन मेङ्गो जुस बजारमा ल्याइसकेको छ । करिब ११ वर्षअघि स्थापना भएको हल्का पेय पदार्थ तथा जुस उत्पादन गर्दै आएको उद्योगले चिसोकोला, फन्नी, चटकोला, सिम्पल साइट, मेन्टेन ड्यु, युनिक ड्यु, निम्बु पानी, थ्रिस्टार लेमन लगायतका पेय पदार्थ र जुस उत्पादन गर्दै आएको छ ।

पल्प बेसमा उत्पादित जुसिका मेङ्गो र मेन्टेन मेङ्गो जुसहरु उपभोक्ताले अत्यधिक रुचाएको कम्पनीका सञ्चालक आर्चायले बताए । उनले छोटो समयमा नै यी जुसहरुको माग बढेको बताए ।

त्यस्तै, हालै मात्र बजारमा ल्याइएको जिम्मी जिम्मी ब्रान्डका कोकोनट जेली जुस पनि उपभोक्ताको रोजाइमा परेको कम्पनीले जनाएको छ ।

जुसहरु विभिन्न फलफूलको स्वादमा उपलब्ध गराइएको हो । कम्पनीबाट उत्पादित जुस तथा पेय पदार्थ काठमाडौँ, चितवन, झापा, मोरङ, सुनसरीसहित विभिन्न बजारमा जाने गरेका छन् ।

अब चाँडै नेपालको पश्चिम क्षेत्रमा पनि बजार विस्तार गर्ने कम्पनीले जनाएको छ । हाल कम्पनीमा ९० जनाले प्रत्यक्ष रोजगारी भएका छन् भने अप्रत्यक्ष १५० जनाले रोजगारी पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer