२०८१ असार ३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडका सहकारी मुलुककै दोस्रो स्थानमा


बिर्तामोड, जेठ ११ । कारोबार, वित्तीय र राजस्वका आधारमा झापाको बिर्तामोड नगरपालिका मुलुकै दोस्रो स्थानमा देखिएको छ ।

बिर्तामोडले काठमाडौँ महानगरपालिकापछि सहकारीको माध्यमबाट मुलुकको वित्तीय क्षेत्रमा सबैभन्दा बढी योगदान हो ।

बिर्तामोडमा मुख्य कार्यालय रही कारोबार गर्ने ८७ वटा सहकारीहरुको वार्षिक कारोबार ३३ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी रहेको झापा जिल्ला सहकारी संघका सचिव भवानीप्रसाद दंगालले जानकारी दिए ।

बिर्तामोडमा रहेका सहकारी संस्थाहरुले एक हजार ६८७ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । बिर्तामोड नगर क्षेत्रको कुल ग्राहस्थ उत्पादनमा सहकारी क्षेत्रले ११.२६ प्रतिशत योगदान दिएको दंगालले बताए । त्यस्तै, वित्तीय क्षेत्रमा २७ प्रतिशत योगदान रहेको छ ।

बिर्तामोडमा वित्तीय क्षेत्रमा निजी क्षेत्रभन्दा सहकारी क्षेत्रको योगदान बढी रहेको उनले बताए । निजी क्षेत्रको २३ प्रतिशतको हाराहारीमा योगदान गरेको छ ।

एसियाली रेड महासंघले हालै प्रकाशित गरेको पुस्तकमा नेपालभरका सहकारीमध्ये ठुलो सहकारी सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था र नवौँ तथा कोशी प्रदेशको तेस्रो ठुलो कर्णाली बचत तथा ऋण सहकारी संस्थासमेत बिर्तामोडमै रहेको छ ।
कोशी प्रदेशमा रहेका एक अर्बभन्दा बढी कारोबार गर्ने १२ वटा सहकारी संस्थामध्ये झापा जिल्लामा १० वटा छन् । तीमध्ये चारवटा बिर्तामोडमा छन् ।

बिर्तामोड नगरपालिकामा मुख्य कार्यालय रही ८३ वटा सहकारी संस्था दर्ता छन् भने नगरपालिका मातहत ३३ वटा र संघ तथा प्रदेश मातहत ५३ वटा सहकारी संस्था रहेका छन् ।

नगर क्षेत्रमा रहेका सहकारी संस्थामध्ये प्रत्यक्ष रुपमा तीनवटा र अप्रत्यक्ष रुपमा छवटा सहकारी संस्थामा समस्या देखिएको दंगालले बताए ।

बिर्तामोडको कुल जनसंख्या एक लाख ४६ हजार ७९५ जनामध्ये ५७ प्रतिशत मानिस सहकारीमा आबद्ध रहेको तथ्यांक छ । बिर्तामोडमा सहकारी संस्थाहरुले २१ अर्बको बचत कारोबार गर्ने गरेका छन् ।

त्यस्तै, बिर्तामोड नगर क्षेत्रका सहकारीले २५ अर्ब ऋण कारोबार गरेका छन् । त्यस्तै, वार्षिक करिब १५ करोड रुपैयाँको हाराहारीमा राजस्वसमेत बुझाउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer