२०८१ असार ३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड युनाइटेड रारा गोल्ड कपको सेमिफाइनलमा


बिर्तामोड, जेठ ११ । बिर्तामोड युनाइटेड एफसी धनकुटाको राजरानीमा जारी ११ औँ रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज शुक्रबार भएको दोस्रो क्वार्टर फाइनल खेलमा बिर्तामोडले रियल स्टार क्लब हेटौँडालाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

जितका लागि आशिष चापागाईंले तेस्रो र १३ औँ मिनेट तथा योगेश गुरुङले ६३ औँ र दोस्रो हाफको अतिरिक्त समयमा दुई–दुई गोल गरे । चापागाईं खेलको प्लेयर अफ दि म्याच बने र नगद ७ हजार प्राप्त गरे ।

जेठ १६ गते फाइनल खेल हुने प्रतियोगिताको विजेताले नगद पाँच लाख, ट्रफी र प्रमाणपत्र पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer