
बिर्तामोड, जेठ १५ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘च्याम्पियन्स एक्सचेन्ज’ अभियान सार्वजनिक गरेको छ ।
ग्राहकलाई असाधारण डिल र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्ने उद्देश्यले सोमबार सुरू भएको यो अभियान जेठ १९ गतेसम्म चल्ने बताइएको छ ।

‘च्याम्पियन्स एक्सचेन्ज’ अभियानले स्मार्ट कनेक्ट, आरटी–एफआइ, बिएस–भिआइ, राइड मोड र जिटिटी (ग्लाइड थ्रु ट्राफिक) जस्ता नवीनतम प्रविधिले सुसज्जित टिभिएस मोटरसाइकल मोडलमा विभिन्न लाभ लिन सकिने बताइएको छ ।
यी सुविधाले सवारी चलाउने अनुभव, सुधारिएको प्रदर्शन र उच्च इन्धन दक्षता सुनिश्चित गर्ने बताइएको छ ।

यस अवधिमा ग्राहकले टिभिएसका बाइक तथा स्कुटरको खरिदमा ६ हजार रुपैयाँसम्मको क्यास डिस्काउन्टका साथै पुरानो मोटरसाइकलमा ६ हजार रुपैयाँसम्मको थप मूल्यांकन र ३ हजार ९९९ रुपैयाँ प्रतिमहिनाको इएमआइ पनि उपलब्ध गराएको कम्पनीको भनाइ छ ।