२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

वैदेशिक रोजगारीको अभिमुखीकरण तालिम निःशुल्क हुने


बिर्तामोड, जेठ १५ । सरकारले वैदेशिक रोजगारीमा जानुअघि लिनुपर्ने अभिमुखीकरण तालिमलाई निःशुल्क गर्ने भएको छ ।

अर्थमन्त्री वर्षमा पुनले मंगलबार संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै वैदेशिक रोजगारीमा जाँदा लाग्ने अभिमुखीकरण तालिमलाई निःशुल्क गर्दै लैजाने बताएका हुन् ।

त्यस्तै, उनले वैदेशिक रोजगारीबाट फर्किएका नागरिकका लागि ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ सञ्चालन गर्ने बताएका छन् ।

जसमा कम्तीमा १ लाखजनालाई स्वरोजगार बनाइने उनले बताए । श्रमाधान सम्बन्धी गुनासो सुन्न श्रमाधान कार्यक्रम लागु गर्ने बताएका छन् ।

आगामी वर्षमा थप तीन गन्तव्य मुलुकसँग श्रम सम्झौता गरिने अर्थमन्त्री पुनले बताए । त्यस्तै, स्वदेशमै रोजगारी सिर्जना गर्न ‘रोजगारी बैंक’ स्थापना गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer