२०८१ मंसिर १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

गौरादहका दुई बालक चिठी लेखेर बेपत्ता


बिर्तामोड, जेठ १५ । झापाको गौरादहका दुईजना बालक आफ्ना बुवालाई चिठी लेखेर बेपत्ता भएका छन् ।

गौरादह-१ बेलडाँगीचोकका भूपेन खड्काका दुई छोरा १४ वर्षीय खगेन्द्र खड्का १२ वर्षीय देव खड्का आज बिहान १० बजेदेखि बेपत्ता भएका हुन् ।

स्थानीय मोती माध्यमिक विद्यालय सीतापुरीमा अध्ययनरत उनीहरुले बुवा, आमा र दिदीलाई ‘हाम्रो चिन्ता नलिनु हामीलाई नखोज्नु, हामी गौरीगञ्जतिर जान्छौँ’ भनेर एउटा चिठी लेखेर सिरानीमुनि राखेर घरैबाट बेपत्ता भएका हुन् ।

यो समाचार तयार पार्दासम्म पनि बालकहरु नभेटिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनीहरुले चिठीमा ‘जति खोज्नु हुन्छ, त्यति नै भाग्छौँ’ भन्दै लेखेका छन् ।

बेपत्ता भएका नाबालकका बुबा भूपेन खड्काले देख्नु हुने महानुभावलाई प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८१४९०४७२३ मा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer