भद्रपुर जेठ १६ । भद्रपुर नगरपालिका सामाजिक विकास शाखा तथा लैगिंक हिंसा निगरानी समूहको आयोजनामा तिन दिने क्षमता विकाससम्बन्धी तालिम सम्पन्न भएको छ ।
जेठ १३ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको तालिममा भद्रपुरका १० वटा वडाका ५१ जनाले सहभागिता जनाएका थिए । कार्यक्रममा सहजीकरण अधिवक्ता शान्ता पाठकले गरेकी थिइन् ।
नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संयोजक तारा सुवेदी, सामाजिक विकास शाखा प्रमुख जीवनकला राउत लगायतले मन्तव्य राखेका थिए ।