बिर्तामोड, जेठ १८ । झापाको भद्रपुरमा शुक्रबार बिहान एक किशारीमाथि धारिलो हतियार प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
आज बिहान १०:४५ बजे एसएस निकेतनकी विद्यार्थी भद्रपुर-९ शान्तिचोककी श्रेया राईमाथि भद्रपुर-६ भानुचोकका अभिषेक कर्णले धारिलो हतियार दाउ प्रहार गरेका थिए ।
स्कुल बसबाट ओर्लिने बित्तिकै १७ वर्षीया राईमाथि १८ वर्षीय कर्णले दाउ प्रहार गरेका थिए । अभिषेकलाई भाग्दै गर्दा प्रहरी चौकी घोडामाराले नियन्त्रणमा लिएको जनाएको छ ।
घाइते श्रेयालाई तत्काल उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ । उनको उपचार भइरहेकोमा थप उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ ।
घाइतेको टाउको र दुबै हातमा चोट लागेको प्रहरी जनाएको छ । घटनाको कारणबारे अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।