२०८२ साउन १ बिहीबार
Jhapa Today
Adv top

भद्रपुरमा कानुन निर्माण र मेलमिलाप सम्बन्धी प्रशिक्षण 


भद्रपुर, जेठ १९ । झापाको भद्रपुरमा कानुन निर्माणको प्रक्रिया, देवानी कानुनको प्रयोग र मेलमिलाप सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

भद्रपुर नगरपालिकाले आज आयोजना गरेको कार्यक्रममा झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश अशोककुमार बस्नेत, जिल्ला न्यायाधीशहरू प्रकाशकुमार अधिकारी, तेजबहादुर खडका, नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरू, वडा सचिवहरू, मेलमिलापकर्ताहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा मुख्य न्यायाधीश बस्नेतले स्थानीय तहका न्यायिक समितिमा पर्ने उजुरीहरूलाई मेलमिलापकै माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कानुन निर्माणको प्रक्रिया, देवानी कानुनको प्रयोग र मेलमिलाप सम्बन्धी प्रशिक्षण तथा छलफल भएको थियो ।

भद्रपुर नगरप्रमुख गणेश पोखरेलको अध्यक्षता भएको कार्यक्रमको औचित्यमाथि प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले प्रकाश पारेका थिए ।

Adv footer