२०८१ असार १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

दमक आउँदै गरेको जिप रतुवा खोलाले बगाउँदा दुईजनाको मृत्यु


दमक, जेठ २१ । झापा र इलाम सीमावर्ती चुलाचुली गाउँपालिका वडा ५ मा रतुवा खोलाले जिप बगाउँदा दुईजनाको मृत्यु भएको छ ।

दमकबाट इलामको लारूम्बा जाँदै गरेको बोलेरो जिपलाई रतुवा खोलाले बगाएको हो । जिपमा सवारमध्ये दुईजनाको शव भेटिएको इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए ।

गाडी खोलाले बगाएको ठाउँभन्दा केही तल एकजना बच्चा र महिलाको शव प्रहरीले भेटाएको छ । उनीहरूको पहिचान खुलिसकेको छैन ।

‘गाडीको एउटा चक्का मात्रै फेला परेको छ । गाडी भेटिएको छैन । प्रहरी पुगेर घटनास्थलमा उद्धार र अनुसन्धान थालेको छ,’ एसपी प्रभु ढकालले भने ।

जिपलाई चपेटीभन्दा माथिको रतुवा खोलाले बगाएको थियो । उक्त जिपमा चालकसहित ६ जना यात्रु सवार थिए । ६ जनामध्ये ४ जनाको उद्धार भएको छ ।

बच्चा र महिलाको शव भेटिएको उनले बताए । गाडीको एउटा चक्का भेटिएको र उद्धारको लागि टोली त्यहाँ पुगेको ढकालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer