२०८१ असार १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

मनसुनमा सबैभन्दा धेरै प्रभाव झापामा पर्ने अनुमान


बिर्तामोड, जेठ २१ । यस वर्षको मनसुन अवधिमा सबैभन्दा धेरै झापा प्रभावित हुने अनुमान गरिएको छ ।

कोशी प्रदेशका १४ जिल्लाहरुमध्ये झापा, मोरङ, सुनसरी र उदयपुर बाढीबाट र बाँकी सबै जिल्ला पहिरोबाट प्रभावित हुने अनुमान छ । झापा बाढीबाट प्रभावित हुने जिल्लाको अग्रपंक्तिमा आउँछ ।

गत वर्षको मनसुन अवधिमा कोशी प्रदेशमा २१३ वटा विपदका घटना भएका थिए । मानवीय क्षति कोशीमा १७ जनाको मृत्यु भएको थियो ।

गृह मन्त्रालयको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१ आज पारित समेत गरेको छ ।

कार्ययोजनामा यस वर्षको मनसुनमा हुन सक्ने वर्षा, त्यसले पु¥याउन सक्ने प्रभाव, त्यसबाट उत्पन्न हुने विपद र सम्भावित क्षतिको आँकलन तथा विश्लेषण समावेश छ ।

ऐतिहासिक अभिलेख, बाढी पहिरोको जोखिम सम्बन्धी वैज्ञानिक अध्ययन र यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी पानी पर्ने पूर्वानुमान, विगतको मनसुनको वास्तविकता, यस वर्षको डढेलोको प्रकोप र भूकम्पका आधारमा सम्भावित क्षतिको आँकलन तथा विश्लेषण गरिएको प्राधिकरणका प्रवक्ता डक्टर डिजन भट्टराईले जानकारी दिए ।

यस वर्षको मनसुन नजिकिँदै गर्दा प्राधिकरणले कोशी प्रदेशमा २२ हजार घर परिवार प्रभावित हुन सक्ने र ५ हजार घरपरिवारलाई उद्धार तथा राहत दिनुपर्ने अनुमानित तथ्यांक तयार पारेको छ ।

जल तथा मौसम विज्ञान विभागले मनसुनको अवधिमा नेपालको पूर्वी क्षेत्रमा सामान्यभन्दा अत्यधिक वर्षा हुने पूर्वानुमान भएकाले कोशी बढी प्रभावित हुने अनुमान गरिएको प्राधिकरणका प्रवक्ता डक्टर भट्टराईले बताए ।

यसवर्षको मनसुन अवधिमा अघिल्लो वर्षको तुलनामा बढी प्रभाव पर्ने आँकलनका आधारमा सेना, सशस्त्र र नेपाल प्रहरीको जनशक्ति पनि ३१ हजारभन्दा बढी परिचालन गर्ने योजना छ ।

नेपाली सेना १० हजार ८४७, नेपाल प्रहरी १० हजार ५८५ र सशस्त्र प्रहरी बल ९ हजार ९२४ जना परिचालन गर्ने योजना छ । यी बाहेक स्काउट लगायतका स्वयमसेवक पनि परिचालन गर्ने योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer