२०८१ असार १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

मेचीनगरमा आगलगाी हुँदा दुई लाखको क्षति


मेचीनगर, जेठ २२ । झापा मेचीनगर नगरपालिकामा सोमबार राति एक घरमा आगलागी हुँदा दुई लाख रुपैयाँबराबरको क्षति भएको छ ।

मेचीनगर–१४ प्रणामीनगर टोलका उजेन बिर्जाको घरमा कोही नभएको अवस्थामा अचानक आगलागी भएको थियो ।

आगलागीको खबर पाएपछि प्रहरी चौकी चारआलीबाट प्रहरी टोली, स्थानीयबासी, मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

आगलागीबाट घरभित्र रहेको लत्ता कपडा, भाडा बर्तन, फर्निचरका विभिन्न सामानहरु र घर आशिंक रुपमा जल्दा करिब दुई लाख रुपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer