२०८३ जेठ २ शनिबार
Jhapa Today
Adv top

धाइजनमा पिकअपसँग स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु


May be an image of 1 person, eyeglasses and text that says 'WHAT IS DRY EYE? Itis condition where insufficient or poor-quality tears fail to lubricate the eyes, causing discomfort, irritation, and vision problems. If you experience any of the following symptoms, you may have dry eyes: Burning/Stinging sensation in the eyes Redness Watery eyes (as a response to irritation) Sensitivity to light Eye fatigue/Blurreo fatigue/ vision A feeling of having something in the eyes Difficulty wearing contact lenses たY正伝L代募! Mechi Eye Hospital Birtamode-03, Sainikmode, Jhapa, Nepal'
मृतक ढुंगेल

बिर्तामोड , जेठ २४ । झापा मेचीनगर नगरपालिका वडा नम्बर १२ माथिल्लो धाइजनस्थित मेची राजमार्गमा भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा स्कुटर चालक झापा बुद्धशान्ति–५ का अन्दाजी २५ वर्षीय लीलाप्रसाद ढुंगेल र सोही स्कुटरमा पछाडि बसेका इलाम रोङ–५ बहुवनका अन्दाजी २९ वर्षीय चेतन रिजाल रहेका छन् ।

हिजो राति १०ः४५ बजेको समयमा मेचीनगर १२ माथिल्लो धाइजनस्थित मेची राजमार्गमा चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे. ७ प ७२८३ नम्बरको स्कुटरले हाइवेको बायाँ किनारमा बिग्रिएर रोकिराखेको को. १ च ७२६४ नम्बरको बोलेरो पिकअपलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते भएका दुवैलाई बिएन्डसी अस्पताल बिर्तामोड पुर्‍याउनसाथ राति ११ बजे चिकित्सकले दुबैजनालाई मृत घोषणा गरेका थिए ।

स्कुटर र बोलेरो पिकअप गाडी प्रहरी चौकी चारआलीको नियन्त्रणमा रहेको र बोलेरो पिकअप चालक सम्पर्कमा नभएको हुँदा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Adv footer