
बिर्तामोड, जेठ २४ । टायल्स तथा मार्बल व्यवसायी संघ झापाको अध्यक्षमा युवा व्यवसायी कुशल खलिवडा चयन भएका छन् ।

बिर्तामोडस्थित कला डिजाइन एन्ड इन्टेरियर सप्लायर्सका सञ्चालक खतिवडा बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव समेत रहेका छन् ।


त्यस्तै, संघको वरिष्ठ उपाध्यक्षमा विजयकुमार गोयल, उपाध्यक्षमा जयप्रकाश सिटौला र सोम खनाल चयन भएका छन् ।

त्यस्तै, सचिवमा बलदेव योगी सहसचिवमा विक्रम खरेल र कोषाध्यक्षमा मदन अग्रवाल रहेका छन् । संघको सदस्यमा सुसन प्रसाईं, तुलसी उप्रेती, भानुभक्त अधिकारी, राम सिटौला, चन्द्रप्रसाद भट्टराई रहेका छन् ।


नेत्रप्रसाद बिमलीको संयोजकत्वमा सल्लाहकार समिति गठन भएको छ । समितिको सदस्यहरुमा श्याम लम्साल र अजय नाटा रहेका छन् ।

झापामा एक सयभन्दा बढी मार्बल व्यवसायी रहेका छन् । गठित समितिले व्यवसायीको हितका लागि काम गर्ने जनाइएको छ ।
यसैबीच, बिर्तामोड उद्योग वाणिज्य संघले एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै टायल्स तथा मार्बल व्यवसायी संघ झापाको अध्यक्षमा संघका महासचिव खतिवडा चयन भएकोमा बधाई ज्ञापन गरेको छ ।
बिर्तामोडस्थित संघको कार्यालयमा संघका महासचिव खतिवडासहित टायल्स तथा मार्बल व्यवसायी संघ झापाका सबै पदाधिकारी र सदस्यहरुमा संघका अध्यक्ष राजु न्यौपानेसहितका व्यवसायीले बधाई ज्ञापन गरेका हुन् ।





