२०८३ जेठ २ शनिबार
Jhapa Today
Adv top

झापाका तीन खेलाडी चेस ओलम्पियाडमा छनोट, सुवेदी नयाँ च्याम्पियन


राजन, कृतिसरा र सुश्रुत

बिर्तामोड, जेठ २४ । नेसनल चेस च्याम्पियनसिप २०२४ को पुरुषतर्फ झापाका राजन सुवेदी नयाँ च्याम्पियन भएका छन् ।
उपाधिसँगै उनी हंगेरीमा सेप्टम्बर ९ देखि २३ सम्म हुने ४५ औँ चेस ओलम्पियाड २०२४ का लागि छनोट भएका छन् ।

अर्का झापाली सुश्रुत दाहाल र फिडे मास्टर (एफएम) क्षितिज भण्डारीले समान ७.५ अंक हात पारेर शीर्ष तीनमा रहे । समान अंक भए पनि ‘हेड टु हेड’ को आधारमा सुश्रुत उपविजेता भए ।

अन्तिम चरणमा सुश्रुतले १५१ रेटिङमाथिका पुरुषोत्तम सिलवाललाई पराजित गर्दै राष्ट्रिय प्रतियोगितामा पहिलो सहभागितामै ओलम्पियाडमा स्थान बनाएका हुन् ।

झापाकै प्रकाशचन्द्र नेपाल ६.५ अंकसहित चौथोमा रहे भने पुरुषोत्तम सिलवाल र गत वर्षको विजेता रुपेश जैयसवालले ६–६ अंक बनाए ।

यसपालिको च्याम्पियनसिपमा महिलातर्फकी विजेता सिन्दिरा जोशीलाई अन्तिम चरणमा पराजित गरेकी झापाकी कृतिसरा अधिकारी उपविजेता भइन् । सिन्दिराले ९, कृतिसराले ८.५ अंक बनाए ।

पूजा भण्डारी र शान्ति धिमाल समान ८ अंकसहित शीर्ष चारमा रहे । यी चार खेलाडी ओलम्पियाड खेल्ने नेपाली महिला टिममा छनोट भएको नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राईले बताए ।

स्ीिस लिगको आधारमा ६ दिन सञ्चालित च्याम्पियनसिपमा छनोट भएका उत्कृष्ट १२ पुरुष र १२ महिला खेलाडीले प्रतिस्पर्धा गरे । राउन्ड रोबिन लिगको आधारमा प्रत्येक खेलाडीले ११–११ खेल खेलेका थिए ।

च्याम्पियनसिपमा खुला र महिलातर्फका विजेताले समान २५ हजार, उपविजेताले १५ हजार र तृतीय स्थान हात पार्ने खेलाडीले १० हजार रुपियाँ हात पारे ।

प्रतियोगिता लुम्बिनी इभेन्ट्स म्यानेजमेन्ट र नेपाल बुद्धिचाल महासंघले आययोजना गरेका हुन् ।

Adv footer