२०८२ साउन १ बिहीबार
Jhapa Today
Adv top

बिर्तामोडमा नारी सञ्चारको उदघोषण तथा माइन्युट लेखन तालिम


बिर्तामोड, जेठ २६ । झापाको बिर्तामोडमा सञ्चालित उदघोषण, माइन्युट लेखन तथा फर्दर करियरसम्बन्धी चार दिने तालिम सम्पन्न भएको छ ।

बिर्तामोड नगरपालिका वडा नम्बर १० को सहयोग र नारी सञ्चार गृह झापाको आयोजनामा सञ्चालित एसइइ, कक्षा ११ र कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थी तथा सोही उमेर समूहका किशोरकिशोरीलाई लक्षित गरेर तालिम गरिएको हो ।

जेठ २३ गतेदेखि सुरु भएको तालिमको आज समापन गरिएको हो । तालिम आयोजक संस्था नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न तालिम समापन कार्यक्रममा गुरुङले सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए ।

गृहकी कार्यसमिति सदस्यद्वय सञ्जु शिवाकोटी र टिका पोखरेलको संयोजनमा सञ्चालित तालिमको सहजीकरण सागर शिवाकोटी, भीमा शिवाकोटी र अम्बिका भण्डारीले गरेका थिए ।

Adv footer