२०८१ असोज १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा सेनाले गरायो विपद पूर्वतयारीको स्थलगत तालिम अभ्यास


बिर्तामोड, जेठ २७ । नेपाली सेनाको अरिदमन गण चारआली ब्यारेकले झापा गाउँपालिकाको त्रिभुवन आधारभूत विद्यालयमा विपदबाट जोगाउन स्थलगत तालिम अभ्यास गराएको छ ।

स्थानीयबासीहरुलाई बाढी आउनुअघि पूर्वतयारी अवस्थामा रहन र सर्पदंशबाट बच्न गणले जानकारी दिएको गणका प्रमुख सेनानी प्राजु बस्न्यातले बताए ।

यस वर्षको मनसुनमा झापा जिल्ला सबैभन्दा बढी प्रभावित हुने हुँदा सम्भावित पालिकाहरुको पहिचान गरी विपद पूर्वतयारी स्वरुप स्थानीयबासीलाई सुसूचित गराउन स्थलगत तालिम अभ्यासका कार्यक्रमहरु गर्दै आएको बस्न्यातले बताए ।

गणले विपदको समयमा अपनाउनुपर्ने सावधानी, सर्पदंशवाट बाँच्न र अरुलाई बचाउन अपनाउनुपर्ने तरिका तथा विपदको समयमा प्रयोग गरिने विभिन्न सामग्री निर्माण गर्ने सम्बन्धी जानकारीमुलक कार्यक्रम सञ्चालन गरेको थियो ।

नेपालमा ८९ भन्दा बढी प्रजातिका सर्पहरु पाइए पनि त्यसमा १७ प्रजातिका सर्पहरु विषालु रहेको गणका जमदार गणेशकुमार श्रेष्ठले बताए । उनले झन्डै ८० प्रतिशत सर्पहरु विषालु नहुने जानकारी गराएका थिए ।

कार्यक्रममा झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलिया, वडा अध्यक्षहरु राजकुमार यादव, हिमालकुमार चम्लागाईं, ताहिर मुल्वी, कृष्णप्रसाद राजवंशी, कुमरखोद रेडक्रस सभापति सुन्दरलाल गणेश, जयनारायण शाह, उत्तमकुमार सुवेदीलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer