२०८२ बैशाख २९ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

मेचीनगरमा झोला बनाउने तालिम


बिर्तामोड, जेठ २७ । मेचीनगरमा महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले बिट लगाउने, ब्याग तथा झोला बनाउने तालिम सञ्चालन भएको छ ।

मेचीनगर नगरपालिकाको कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरको सहकार्यमा शनिबारबाट काँकरभिट्टामा सञ्चालन भएको तालिमको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख विश्व बरालले गरेका थिए ।

मेचीनगर आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्की अध्यक्षतामा जेठ २६ गतेदेखि असार १० गतेसम्म १५ दिन सञ्चालन हुने तालिमको उद्घाटनसत्रमा घरेलु तथा साना उद्योग कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटा, मेचीनगर कार्यपालिका सदस्य तिलजा देवान, उद्योग वाणिज्य संघ उपाध्यक्ष निर्मला चौहान भण्डारी, उद्यम विकास सहजकर्ता अश्विनीकुमार भट्टराई, प्रशिक्षक सुष्मा राजवंशीको आतिथ्य रहेको थियो ।

अश्विनीकुमार भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रम सहजकर्ता गंगा सोरेनले सञ्चालन गरेकी थिइन् ।

Adv footer