२०८१ असार २८ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

गायक प्रमोद खरेललाई ‘सुर सुमेरू’ को उपाधि


बिर्तामोड, जेठ २७ । ‘गीत, गजल र शीतल’ कार्यक्रमको शनिवार सम्पन्न २१ औँ श्रृंखलामा लोकप्रिय गायक प्रमोद खरेललाई ‘सुर सुमेरू’ को उपाधिले अभिनन्दन गरिएको छ ।

अनामनगरमा अवस्थित तमू बौद्ध सेवा समिति नेपालको सभाहलमा घोस्ट राईटिङ नेपाल तथा तमू बौद्ध सेवा समिति नेपालले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा गायक खरेललाई उक्त उपाधिले सम्मानित गरिएको हो ।

गीतकार संघका अध्यक्ष वसन्त बित्यासी थापाले गायक खरेललाई अभिनन्दन पत्र प्रदान गरेका थिए भने डोलमान गुरुङले खरेललाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । नेपाली कला क्षेत्रमा गायक खरेलले पुर्याएको विशेष योगदानलाई कदर गरी उक्त उपाधि प्रदान गरिएको गीतकार कादम्बिनीको भनाइ छ ।

कवि तथा गीतकार शितल कादम्बिनीद्वारा संयोजन गरिएको उक्त कार्यक्रममा अन्य दुई गजलकारलाई समेत सम्मान गरिएको थियो ।

साहित्यकार निशान निष्कर्षद्वारा सञ्चालित उक्त कार्यक्रममा गजलकार रावत र बबिता भुजेलले गजल वाचन गरेका थिए । लेखन कुञ्जका अध्यक्ष कमल ढकालले कार्यक्रममा शुभकामना तथा स्वागत मन्तव्य राखेका थिए ।

समारोहमा गजलकार रावत तथा बबिता भुजेलले ६–६ वटा गजल वाचन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer