२०८१ चैत्र १३ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

उज्यालो मनकामना बाल क्लबमा नयाँ नेतृत्व चयन


बिर्तामोड, जेठ २८ । झापाको बिर्तामोडमा रहेको उज्यालो मनकामना बाल क्लबको २०८०/०८१ सालको समितिको विघटन तथा नयाँ कार्यसमितिको गठन सम्पन्न भएको छ ।

बाल क्लबका अध्यक्ष मनिष गणेशको अध्यक्षता तथा मनकामना क्याम्पसका संस्थापक तथा शैक्षिक कोअर्डिनेटर कुमार थापालियाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै क्लबका फोकल पर्सन सरिता पौडेलले बाल क्लबले गर्दै आएका कार्यहरूको बारेमा जानकारी दिएकी थिइन् ।

बाल क्लबको अध्यक्षमा २०८१/०८२ का लागि कक्षा ९ मा अध्ययनरत विद्यार्थी युनिसा उप्रेती चयन भएकी छन् ।

क्लबकी सदस्य शोभा राजवंशीले स्वागत गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केशव ढुंगाना र शिक्षक (इसिए कोअर्डिनेटर) ओम कडरियाले क्लबको प्रशंसा गर्दै विद्यार्थीहरूलाई हौसला प्रदान गरेका थिए ।

सहप्राध्यापक ध्रुव गौतम, स्काउट मास्टर वन्दना अधिकारी, प्राइमरी इन्चार्ज इन्दिरा प्रसाईंको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

Adv footer