२०८१ असार १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

मेचीनगर र अर्जुनधाराबाट लागुऔषधसहित दुईजना पक्राउ


बिर्तामोड, जेठ २९ । प्रहरीले झापाका दुई स्थानबाट प्रतिबन्धित लागरऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।

हिजो राति ८ बजेको समयमा मेचीनगर-६ पुरानो मेचीपुलबाट बिर्तामोड-५ का ३८ वर्षीय सुमन भन्ने सूर्यवंशी रायलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी टोलीले भारतबाट भाडाको सिटी सफारीमा आउँदै गरेका रायलाई सोधपुछ गर्दा प्लास्टिकले पोका पारेको खैरो हेरोइन जस्तो देखिने पदार्थ प्लास्टिकबाहेक एक ग्राम ८५ मिलिग्राम बरामद गरेको छ ।

त्यस्तै, २०ः३० बजेको समयमा अर्जुनधारा-३ मदनपुरका ३७ वर्षीय दिलबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

अस्थाई प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले उनीमाथि जाँच गर्दा प्रतिबन्धित ब्राउन सुगरजस्ते देखिने पदार्थ प्लास्टिकबाहेक एक ग्राम ४०० मिलिग्राम बरामद गरेको छ ।

रायलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टा र विश्वकर्मालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer