२०८२ बैशाख ३० मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

अर्काको नागरिकता दुरुपयोग गर्ने एक भारतीयसहित दुई पक्राउ


बिर्तामोड, जेठ ३० । अर्कैको नागरिकतामा आफ्नो फोटो टाँसेर दुरुपयोग गर्ने झापा कमल गाउँपालिका ५ बस्दै आएका भारतीय नागरिक ३२ वर्षीय सम्सुल मन्सुरीलाई प्रहरीले प्रक्राउ गरेको छ ।

मन्सुरीसहित झापा प्रहरीले नागरिकता दुरुपयोग गर्ने कार्यमा सहयोग गर्ने कमल-५ का ४० वर्षीय सुमन चापागाईंलाई पक्राउ गरिएको जनाएको छ ।

बिहार मोतीहारी थाना केतवाड-५ घर भई कमल गाउँपालिकामा सिरकडसना बनाउने काम गर्दै आएका मन्सुरीले मोहम्मद फिरदौस अन्सारीको नागरिकताको विवरणसँग मिल्ने विवरण भरी फोटो टाँसेर नागरिकता कीर्ते गरी नेपाली नागरिकता बनाएको उजुरीका आधारमा प्रहरीले पक्रउ गरी अनुसन्धान सुरु गरेको छ ।

सोही नागरिकताको प्रयोग गरेर कर्णाली बचत तथा ऋण सहकारी संस्थामा खाता खोलेको, उक्त नेपाली नागरिकता प्रयोग गरी जिल्ला झापा कमल-५ मा ११ धुर जग्गा खरिद गरेको, जन्मदर्ता, विवाह दर्ता लगायतका कागजात समेत बनाइसकेको प्रहरीको भनाइ छ ।

फिरदौस अन्सारीको नागरिकता विवरण दुरुपयोग गरेको भन्ने सूचनाको आधारमा मन्सुरीलाई नियन्त्रणमा लिई घरकोठा तथा उनको शरीर रितपूर्वक खानतलासी गर्दा नागरिकताको विवरणसँग हुबहु (जस्ताको त्यस्तै) मिल्ने विवरण भएको नागरिकता भेटिएको प्रहरीले जनाएको छ ।

जेठ २२ गते उनीहरुलाई दमक-६ बेलडाँगी रोडबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Adv footer