२०८१ असार ९ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

व्यवसायी राहत कोषमा पाण्डेको २१ हजार सहयोग


बिर्तामोड,असार १ । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’ मा व्यवसायी घनेन्द्रराज पाण्डे (जिपी) ले नगद प्रदान गरेका छन् ।

घर जग्गा तथा मोबाइल व्यवसाय गर्दै आएका पाण्डेले राहत कोषमा २१ हजार १११ रुपैयाँ प्रदान गरेका हुन् ।

पाण्डेले आफ्नो जन्मदिनको अवसर पारेर नगद प्रदान गरेको संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।

पाण्डेले संघका अध्यक्ष न्यौपानेलाई रकम प्रदान गर्दै संघका अध्यक्षलगायत सबै पदाधिकारीलाई धन्यवाद समेत दिए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे ‘राजु’, कोषाध्यक्ष युवराज निरौला, व्यवसायी राजेन्द्र थापा, सञ्चार उद्यमी राजेन्द्र चम्लागाईं लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer