२०८१ असार १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

पसिनाको दुर्गन्ध हटाउने उपाय


बिर्तामोड, असार ३ । गर्मी मौसममा जति राम्रो कपडा लगाए पनि घाममा बाहिर हिँडेपछि पसिनाले कपडा खराब नै हुन्छ । यसबाहेक पसिनाको दुर्गन्ध कपडाबाट आउने थाल्छ ।

यसको कारण सार्वजनिक ठाउँहरूमा लज्जास्पद अनुभूति गर्नुपर्ने पनि हुन्छ । यस्तो पसिनाको दुर्गन्धलाई हटाउनका लागि केही घरेलु उपायहरू पनि अपनाउन सकिन्छ । जानौँ–

कैयौँपटक कपडालाई राम्रोसँग धोएपछि पनि पसिनाको दुर्गन्ध जाँदैन । साथमा पटकपटक कपडा धोइरहँदा बिग्रने पनि गर्छ । यदि, कपडाबाट पसिनाको दुर्गन्ध गएको छैन भने कपडा धुनेबेला कागतीको रस मिसाउनुहोस् । यसले दुर्गन्ध सजिलै हट्नेछ ।

कपडाको दुर्गन्ध हटाउनका लागि बेकिंग सोडाको प्रयोग पनि गर्न सकिन्छ । यसका लागि धुने पानीमा बेकिंग सोडा मिसाउनुहोस् र कपडालाई सफा गर्नुहोस् ।

कपडालाई घाममा राम्रोसँग उल्टो बनाएर सुकाउँदा कपडामा भएको दुर्गन्ध राम्रोसँग जान्छ । यो सबैभन्दा राम्रो तथा सजिलो तरिका हो ।

कपडाको दुर्गन्ध हटाउनका लागि एक बाल्टी तातो पानी लिनुहोस् । यसमा दुई चम्चा एप्पल साइड भेनेगर मिसाएर कपडालाई भिजाइदिनुहोस् । केही समयपछि कपडालाई सफा पानीले धुनुहोस् ।

कपडालाई जहिले पनि धुनुअघि केहीबेर सरफमा भिजाउनु पर्दछ । यसले कपडामा भएको फोहोर र गन्ध राम्रोसँग पखालिन्छ । यसरी कपडा धुन सजिलो पनि हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer