२०८१ असार १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

झापाका नदीहरुमा आकस्मिक बाढीको जोखिम


बिर्तामोड, असार ३ । झापाका नदीहरुमा आज, भोलि र पर्सि आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

ताप्लेजुङ, पाँचथर, इलाम, झापा र तेह्रथुम भई बहने केही साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको हो ।

नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । ठुला नदीहरूमा पनि जलसतह बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ ।

झापाका कनकाई र त्यसका सहायक नदीहरु तथा मेची, कमल, बिरिङ, रतुवा, निन्दा लगायतका नदीको जल सतह बढ्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer