२०८२ बैशाख २९ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

मनसुन र आगलागीजन्य विपदबाट प्रभावित निजी आवास पुनर्निर्माण गर्न चार करोड


बिर्तामोड, असार ४ । कोशी प्रदेश सरकारले मनसुनजन्य र आगलागीजन्य विपदबाट प्रभावित निजी आवासहरुको पुनर्निर्माणका लागि बजेट विनियोजन गरेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेटमा मनसुनजन्य र आगलागीजन्य विपदबाट प्रभावित निजी आवासहरुको पुनर्निर्माणका लागि चार करोड रुपैयाँ छुट्याइएको छ ।

यसअघि संघीय एवम स्थानीय सरकारसँगको साझेदारीमा मनसुनजन्य विपदबाट प्रभावित निजी आवासहरुको मात्र पुनर्निर्माण हुँदै आएकोमा आगामी आर्थिक वर्षमा आगलागीजन्य विपदका लागि लागत साझेदारीमा काम गर्न चार करोड छुट्याइएको हो ।

Adv footer