२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

७३ औँ स्काउट दिवसमा मनकामना स्काउट ट्रुपको सांस्कृतिक कार्यक्रम


बिर्तामोड, असार ६ । झापा बिर्तामोडको मनकामना माध्यमिक विद्यालयमा रहेको मनकामना स्काउट ट्रुपले स्काउटको ७३ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बालबालिकाहरूले कविता, गीत, नृत्य साथै आआफ्ना विचारहरु व्यक्त गरेका थिए ।

उज्यालो मनकामना बाल क्लबकी फोकल पर्सन सरिता पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता मनकामना माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव ढुङ्गानाले गरेका थिए ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्काउट मास्टर बन्दना अधिकारीले स्काउटले गर्दै आएका कार्यहरूको बारेमा जानकारी दिएका थिए ।

विमोचन दाहालले स्वागत गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तथा कार्यक्रमका अध्यक्ष केशव ढुंगानाले स्काउटमा रहेका विद्यार्थीहरूले गरेका कार्यहरूको प्रशंसा गर्दै हौसला प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले बालबालिका रचनात्मक बन्न विभिन्न क्लब तथा समूहहरूमा क्रियाशील हुन आवश्यक रहेको बताइन् ।

डल्सी आचार्य, सम्पदा संग्रौला, अंशु भण्डारी र स्नेहा ठाकुरद्वारा सञ्चालन गरिएको कार्यक्रममा नवआगन्तुक स्काउट बालबालिकालाई स्वागत समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer