२०८१ मंसिर १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

अंशुको तेह्रौँ पुण्यतिथिमा आश्रमका आमाबुवालाई खाना


बिर्तामोड, असार ७ । सडक दुर्घटनामा गम्भीर घाइते भई उपचारको क्रममा ज्यान गुमाएका बिर्तामोड ४ का अंशु श्रेष्ठको तेह्रौँ पुण्यतिथिको अवसरमा परिवारका सदस्यले आश्रमका ज्येष्ठ नागरिकलाई खाना खुवाएका छन् ।

सन्तान वियोगको पीडामा रहेका अंशुका बुवा शिवकुमार श्रेष्ठ, आमा अरूणा श्रेष्ठलगायत उनका आफन्तले बिर्तामोड-४ को परोपकार तथा अनुसन्धान केन्द्रमा रहेका ४० जना ज्येष्ठ नागरिकलाई आज बिहानको खाना खुवाएका हुन् ।

इलाइट युथ क्लब बटारे बिर्तामोडका सदस्य १८ वर्षीय अंशुको स्मृतिमा युथ क्लब बटारेले छैटौँ पुण्यतिथिमा मुक्तिचोकमा मैनबती बालेर श्रद्धाञ्जलिसभा गरेको थियो ।

ट्युसन पढेर साथीसँग मोटरसाइकलमा घर फर्कने क्रममा उनी गत माघ १२ गते दुर्घटनामा परेका थिए । उपचारकै क्रममा उनको जेठ २७ गते निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer