२०८१ असार २८ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

विद्यालय-समुदाय सम्बन्ध बढाउन देवी माविका शिक्षकको साइकल र्‍याली


बिर्तामोड, असार ८ । विद्यार्थीको आकर्षणको केन्द्र रहेको झापा बिर्तामोडको देवी माध्यमिक विद्यालयले आज शनिबार साइकल र्‍याली सञ्चालन गरेको छ ।

विद्यालय-समुदाय सम्बन्ध कार्यक्रमअन्तर्गत विद्यालयका शिक्षक तथा कर्मचारीहरू साइकल र्‍यालीमा सहभागी भएको प्रधानाध्यापक अम्बिका श्रेष्ठले जानकारी दिइन् ।

आज बिहान विद्यालय प्रांगणबाट सुरु भएको साइकल र्‍यालीमा शिक्षासँगै खेलकुद र अतिरिक्त क्रियाकलापमा अग्रणी रहेको विद्यालयका २५ जना शिक्षक तथा कर्मचारी सहभागी थिए ।

र्‍याली बिर्तामोड मुक्तिचोक–अर्जुनधाराधाम–शनिश्चरे चोक–कालिस्थान–बुधबारे–माथिल्लो धाइजन चोक, सालबारी झिल हुँदै बिर्तामोडमा आएर टुंगिएको थियो ।

विद्यालय र समुदायबीच प्रगाढ सम्बन्ध विस्तार गर्दै विद्यालयको बारे जानकारी दिने उद्देश्यले साइकल र्‍याली आयोजना गरिएको श्रेष्ठले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer