२०८२ साउन १३ मंगलबार
Jhapa Today
Adv top

कमलमा चट्याङ लागेर एकजनाको मृत्यु


बिर्तामोड, असार ११ । झापाको कमल गाउँपालिकामा आज बिहान परेको चट्याङ लागेर एकजना पुरुषको मृत्यु भएको छ ।

आज बिहान ७ बजेको समयमा कमल गाउँपालिका वडा नम्वर २ समाइगढ बस्ने ४६ वर्षीय राजन खड्काको चट्याङ लागेर मृत्यु भएको हो ।

आफ्नै घरबाट खेततर्फ जाने क्रममा अचानक परेको चट्याङले लागेर घाइते भएका खड्कालाई उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा बिहान ७ः४५ बजे अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Adv footer