२०८२ साउन २ शुक्रबार
Jhapa Today
Adv top

जन्मदिनको अवसरमा महिला पत्रकारलाई लेखनवृत्ति


बिर्तामोड, असार ११ नारी सञ्चार गृह झापाकी संस्थापक अध्यक्ष सावित्रा दाहालले आफ्नो जन्मदिनको अवसरमा महिला पत्रकारलाई प्रोत्साहनस्वरुप लेखनवृत्ति प्रदान गरेकी छन् ।

दाहालले महिला पत्रकारको क्षमता, दक्षता अभिवृद्धि तथा लेखनपवृत्तिका लागि नगद पुरस्कार प्रदान गरेकी हुन् ।

जन्मदिनको अवसरमा पहिलोपटक उनले भद्रपुरकी पत्रकार, वरूण साप्ताहिककी प्रकाशक तथा गृहकी कार्यसमिति सदस्य इशा प्रधानलाई नगद प्रदान गरिन् ।

प्रधानलाई नगद पाँच हजार प्रदान गरिएको हो । इशा नारी सञ्चार गृह झापाकी संस्थापक सदस्य स्वर्गीय माया पकवालकी छोरी हुन् ।

पकवालले सम्पादन तथा प्रकाशन गर्दै आएको वरुण साप्ताहिकलाई आमाको निधनपछि इशाले निरन्तरता दिँदै आएकी छन् ।

Adv footer