२०८१ असोज १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा चट्याङले दुईजना र हृदयघातले एकजना कृषकको मृत्यु


बिर्तामोड, असार ११ । झापाका तीनवटा पालकिामा चट्याङले दुईजना र हृदयघातले एकजनाको कृषकको मृत्यु भएको छ ।

मंगलबार बिहान चट्याङ लागेर कमल गाउँपालिका–२ का ४६ वर्षीय राजन खड्का, गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षीय विकास गिरीको मृत्यु भएको हो ।

त्यस्तै, झापा गाउँपालिका वडा नम्बर ४ लोसाकी बस्ने ५० वर्षीय मन्जुर आलमको हृदयघातका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार खनजोत गर्न खेततर्फ जाने क्रममा चट्याङ लागेर खड्का घाइते भएका थिए । उपचारार्थ उनलाई दमकस्थित आम्दा अस्पतालमा पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

गिरीलाई भने स्थानीय सीताराम दाहालका खेतमा धानको बीउ छर्न गएका बेला चट्याङ लागेको थियो । घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, आज बिहान ९ बजे आफ्नो खेतमा आली लगाउँदै गरेका आलमको उच्च रक्तचापका कारण हृदयघातका भएर मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer