२०८१ असार १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड नगरपालिकाद्वारा कृषि सामग्री वितरण


बिर्तामोड, असार १२ । बिर्तामोड नगरपालिकाले कृषक तथा व्यवसायीहरुलाई विभिन्न प्रकारका सामग्री वितरण गरेको छ ।

नगरपालिकामा आज आयोजित कार्यक्रममा दुग्ध डेरी उद्योगका लागि आवश्यक चिलिङ भ्याटसहित, मिल्क क्यान, काउमेट, बाख्रा तथा बंगुरका दाना पिसाउने मेसिन वितरण गरिएको हो ।

चिलिङ भ्याट २ वटा, मिल्क क्यान ८ वटा, दाना पिसाउने मेसिन ५ वटा र काउमेट २२ जनालाई १ देखि ४ थानका दरले ११ लाख ६८ हजार ५ सय रुपैयाँ बराबरको सामग्री वितरण गरिएको हो ।

उल्लेखित सामग्रीमा कृषक तथा व्यवसायीहरुको ५० प्रतिशत लागत साझेदारी रहेको पशुपंछी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिइन् ।

सामग्री नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, कार्यपालिका सदस्य संगीता सिवा, सीता विश्वकर्माले हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा प्रसाईंले नगरले प्रदान गरेको सामग्रीको सही सदुपयोग गर्न आग्रह गरिन् । कृषि क्षेत्रमा नगरपालिकाले हरेक वर्ष विभिन्न प्रकारका सहयोग गर्दै आएको बताउँदै उनले उत्पादनमा जोड दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer