२०८१ असार १६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बैंकिङ कसुर मुद्दामा भागिरहेका दमकका तामाङ पक्राउ


बिर्तामेड, असार १३ । झापा प्रहरीले बैंकिङ कसुर मुद्दामा भागिरहेका एकजना व्यक्तिलाई पक्राउ गरेर करागार पठाएको छ ।

झापा जिल्ला अदालतको बैशाख २३ गतेको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा भागेका झापा दमक-९ का ३१ वर्षीय इकेस तामाङलाई आज पक्राउ गरिएको थियो ।

आज नै तामाङलाई फैसला कार्यान्वयनका लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

झापाका प्रहरी प्रवक्ता कृष्णकुमार चन्दका अनुसार अदालतको आदेशले कैद भुक्तानको लागि उनलाई जिल्ला कारागार कार्यालय झापा पठाइएको हो ।

उनविरुद्ध एक महिना कैद सजाय र छ लाख रुपैयाँ जरिवाना तथा पीडित राहत कोषमा २४ हजार क्षतिपूर्ति शुल्क जम्मा गर्नुपर्ने फैसला सुनाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer