२०८१ असार १६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

कनकाई रोडको निर्माण १० दिनभित्र सम्पन्न हुने


बिर्तामोड, असार १३ । झापाको बिर्तामोडस्थित कनकाई रोडको पेवर्स लगाउने काम अबको १० दिनभित्र सम्पन्न हुने भएको छ । निर्माण व्यवसायीहरुका अनुसार १० दिनभित्र काम सकिने भएको छ ।

सो सडकको बिर्तामोड नगरप्रमख पवित्रादेवी महतारा प्रसाईंले अनुगमन गरेकी छन् । इलाम स्ट्यान्डदेखि सुब्बाचोकसम्मको सडक खण्डमा आरसिसी नाली, स्ल्याब तथा पेवर्स लगाउने काम धमाधम भइरहेकोले नगरप्रमुख प्रसाईंले बिहीवार इन्जिनियरसहितको टोली लिएर अनुगमन गरेकी हुन् ।

बिर्तामोड वडा नम्बर ५ स्थित कनकाई रोडको अनुगमनमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा अध्यक्ष रोहित प्रसाईं, मेघराज बास्तोलालगायत स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरुको पनि सहभागिता रहेको थियो । आगामी १० दिनभित्रमा सम्पन्न गर्नेगरी २ खण्डमा काम धमाधम भइरहेको छ ।

इलाम स्ट्यान्डदेखि नेपाल टेलिकमसम्मको १८५ मिटर कनकाई निर्माण सेवा र टेलिकमदेखि सुब्बाचोकसम्म ४०६ मिटर आचार्य निर्माण सेवाले ठेक्का लिएर काम गरिरहेको छ ।

सडकको चौडाइ ७ मिटर रहेको छ । दुवै खण्डमा नाला निर्माण सकेर पेवर्स लगाउने काम सुरु भएकोले चाँडै काम सम्पन्न हुने वडा अध्यक्ष रोहित प्रसाईंले बताए ।

सघन सहरी तथा भवन निर्माण कार्यालय भद्रपुरबाट कनकाई निर्माण सेवाले ८० लाख र आचार्य निर्माण सेवाले १ करोड ५० लाख रुपैयाँमा कामको ठेक्का पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer