२०८१ असार १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

शनिश्चरेमा दुर्घटना हुँदा दुईजना घाइते


बिर्तामोड, असार १४ । झापाको अर्जुनधारास्थित शनिश्चरे खुदुनाबारी सडक खण्डमा दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।

आज साँझ शनिश्चरे बजार उत्तर नारायण चोकमा भएको सडक दुर्घटनामा अर्जुनधारा-२ का तिलक रम्तेल र मनोज मण्डल घाइते भएको स्थानीयबासीले बताए ।

शनिश्चरेबाट खुदुनाबारीतर्फ जाँदै गरेको मे.३ प ९७८ नम्बरको मोटरसाइकलले साँझ ६ः३० बजे नारायण चोकनजिकै साइकलयात्री अर्जुनधारा-७ का ३५ वर्षीय मण्डललाई ठक्कर दिएको थियो ।

रम्तेलको टाउको र मुखमा र मण्डलको मुखमा चोट लागेको शनिश्चरे प्रहरी चौकीले जनाएको छ । उनीहरुलाई उपचारका लागि बिर्तामोड ल्याइएको छ ।

रम्तेलको टाउकोमा चोट लागेका कारण बिर्ता सिटी हस्पिटल र साइकल यात्री मण्डलको मनमोहन अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer