२०८१ असार १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

दमकमा सिटीसफारीको ठक्करबाट नाबालिकाको मृत्यु, आमा घाइते


दमक, असार १४ । झापाको दमकमा तीनचक्के विद्युतीय गाडी ‘सिटीसफारी’ को ठक्करबाट एक नाबालिकाको मृत्यु भएको छ भने उनकी आमा घाइते भएकी छन् ।

आज दिउँसो १ः४५ बजेको समयमा दमक १ बरगाछीस्थित भित्री पक्की सडकखण्डमा श्रीपाली टोलबाट बेलडाँगीतर्फ जाँदै गरेको मे. १ ह ६४०९ नम्बरको सिटी सफारीले आमाछोरीलाई ठक्कर दिएको थियो ।

पैदलयात्री काठमाडौँ घर भई हाल दमकमा डेरा बस्ने २४ वर्षीया शर्मिला लिम्बू (मगर) र उनका छोरी २ वर्षीया आरुसी मगरलाई सिटीसफारीले ठक्कर दिएको हो ।

दुवैलाई उपचारको लागि दमकको लाइफलाइन अस्पताल दमक लगिएकोमा उपचारको क्रममा दिउँसो २ बजे आरुसी मगरको मृत्यु भएको हो । हात खुट्टामा सामान्य चोट लागेकी शर्मिला लिम्बूको उपचार भइरहेको छ ।

बालिकाको शव सोही अस्पतालमा रहेको छ । नाम, थर, वतन नखुलेका सिटीसफारी चालक भागेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

सिटीसफारी इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मृतक बालिकाका बुवा अजय मगर बारा जिल्ला ४० नम्बर गणमा कार्यरत सशस्त्र प्रहरी जवान भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer