२०८१ असार १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा उद्योगी व्यवसायीले गरे बेठी रोपाइँ


बिर्तामोड, असार १५ । झापाको बिर्तामोडमा राष्ट्रिय धान दिवस २०८० को अवसरमा बेठी लगाएर धान दिवस मनाइएको छ ।

बिर्तामोड-४ मा आज चेम्बर अफ कमर्स झापाको आयोजना र नेपाल उद्यमशील महिला संघ झापाको सहआयोजनामा धान दिवस मनाइएको हो ।

चेम्बर अफ कमर्सका अध्यक्ष ओमकृष्ण बिमलीको अध्यक्षता र बिर्तामोड–५ का वडा अध्यक्ष रोहित प्रसाईंको प्रमुख आतिथ्यमा आयोजित धान दिवस (धान रोप्ने कार्यक्रम) मा प्रमुख अतिथि प्रसाईं, नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, चेम्बर अफ कमर्स कोशी प्रदेश उपाध्यक्ष सन्तोष अग्रवाल, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलगायतले धान दिवसको बारेमा धारणा राखेका थिए ।

धानबाट तयार हुने चामल हरेक घरमा अनिवार्य रुपमा पाक्ने अन्न भएकाले उद्योगी, व्यवसायीहरूले धान दिवस मनाएको कार्यक्रमका अध्यक्ष बिमलीले बताए ।

धान दिवस कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीयबासीको उपस्थिति रहेको थियो । महिला समूहको नौमती बाजाले दिवसलाई उल्लासमय बनाएको थियो ।

बाजाको तालमा नाच्दै र असारे गीत गाउँदै महिला दिदीबहिनीहरूले रोपाइँ गरेका थिए । पुरुषहरूले माटो सम्याउन पटाहा लगाउने, बाउसे र भानको बीऊ ओसार्ने कामसँगै धान रोपेका थिए ।

रोपाइपछि दहीचिउरा, केरा, जामुन लगायत फलहरू रोपाहार तथा बाउसेहरुलाई खुवाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer