२०८१ असार १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

दुर्घटनाका घाइते शिवसताक्षीका आचार्यको मृत्यु


बिर्तामोड, असार १६ । झापाको कमल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । अर्का एकजनाको उपचार भइरहेको छ ।

झापाको कमल ५ सावित्रा चोकस्थित पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ ७ः३० बजे केर्खाबाट दमकतर्फ जाँदै गरेको प्रदेश १–०१–०१४ प ८९१४ नम्बरको मोटरसाइकले बाटो क्रस गर्दै गरेको कुकुरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका वडा नम्बर २ बस्ने २६ वर्षीय पदमबहादुर पौडेल र पछाडि बसेका सोही ठाउँका ४० वर्षीय नविन आचार्य घाइते भएका थिए ।

दुवैलाई दमकस्थित निम्स अस्पतालमा प्रारम्भिक उपचार गरी बिएन्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा हिजो दिउँसो ४ बजे आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer