२०८१ असार १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

लायन्स क्लब बिर्तामोड सिटीद्वारा वृक्षरोपण


बिर्तामोड, असार १७ । लायन्स क्लब अफ बिर्तामोड सिटीले आफ्नो कार्यकालको पहिलो कार्यक्रमस्वरुप वृक्षरोपण गरेको छ ।

झापा बिर्तामोड ७ मा रहेको सुन्दर निचाझोडा सामुदायिक वनमा आज एक कार्यक्रमका बीच क्लबले फलफूलका बिरुवा रोपेको हो ।

क्लबका वर्ष २०२४–२५ का उपेन्द्र बानियाँको अध्यक्षतामा वनपरिसरमा आँप, लिची, कागती लगायतका फलफूलका विरुवा रोपिएको क्लबका सचिव सचिव लक्षुमण खड्का (प्रेम) ले बताए ।

कार्यक्रममा क्लबका २०२३–२४ का अध्यक्ष दुर्गा थपलिया, डिस्ट्रिक्ट चिफ सत्यनारायण शर्मा, पूर्वअध्यक्ष रामेश्वर द्विवेदी लगायत क्लबका सदस्यहरुको उपस्थिति रहेको थियो ।

वृक्षरोपणपछि वनका अध्यक्ष बद्री प्याकुरेल, सशस्त्र प्रहरी बेस क्याम्पका प्रहरी नायव निरीक्षक भोजराज लामिछानेले क्लबलाई धन्यवाद दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer