२०८१ असार २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

इशालाई अर्जुनधारामा सभामुखद्वारा सम्मान


बिर्तामोड, असार २० । गायन रियालिटी सो नेपाल आइडलको पाँचौँ संस्करणमा सातौँ स्थानसम्म पुग्न सफल भएकी झापा अर्जुनधाराकी इशा सुवेदीलाई अर्जुनधारा नगरपालिकाले सम्मान गरेको छ ।

सुवेदीलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, नगरप्रमुख बलदेबवसंह गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल लगायतले सम्मान गरेका थिए ।

सुवेदी चर्चित रियालिटी सो नेपाल आइडलको सातौँ स्थानबाट बाहिरीएकी थिइन् । कर्णप्रिय स्वरकी धनी सुवेदी अर्जुनधारा नगरपालिका–११ निवासी हुन् ।

कार्यक्रममा उनले आस्था राउतको ‘चौबन्धीमा पटुकी बाँध्या छैन भन्दैमा’ बोलको गीत पनि गाएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer