२०८१ असार २४ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

क्यानको निर्णयः सन्दीपलाई ग्रेड ‘ए’ मा, महिला क्रिकेटर अप्सरीलाई निलम्बन


बिर्तामोड, असार २१ । महिला टि–२० एसिया कप क्रिकेट प्रतियोगिताका बन्द शिविरमा टिम व्यवस्थापक र टिम प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको भन्दै महिला क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने निर्णय गरेको नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई खेलाडी केन्द्रीय वर्गीकरण (सेन्ट्रल कनट्र्याक्ट)मा राख्ने निर्णय गरेको छ ।

बिहीबारको बोर्ड बैठकले सन्दीपलाई ‘ए’ ग्रेडमा राख्ने निर्णय गरेको हो । उनको अनुबन्धन जुलाई १ देखि डिसेम्बर ३१ सम्म रहने क्यानको विज्ञप्तिमा उल्लेख छ ।

उता बेगमलाई तत्काल निलम्बन गरेर बाँकी कारबाहीको जिम्मा अनुशासन समितिलाई तोकेको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगिताको बन्द शिविरमा रहेका सन्दीप होटेलबाट बाहिर निस्किएर प्रशंसकलाई नगरकोट लगेर एयरपोर्टको एक होटेलमा ल्याएर बलात्कार गरेको अभियोग लाग्दा क्यानले कुनै कारबाही गरेको थिएन ।

उनीमाथि नाबालिग बलात्कारको अभियोगमा मुद्दा दर्ता हुँदा समेत खेल खेलाएको थियो क्यानले । जिल्ला अदालतबाट दोषी ठहर हुँदा निलम्बनमा परेका उनले उच्चबाट सफाइ पाएलगत्तै टिममा समावेश गरेर अन्तर्राष्ट्रिय खेल खेलाएको थियो ।

निलम्बनमा परेकी अप्सरी आक्रामक ब्याटरको रूपमा परिचित छिन् । झापा मेचीनगरकी उनी मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने एक्ली राष्ट्रिय क्रिकेटर हुन् ।


-उकेराबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer