२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

प्रदेशस्तरीय महिला फुटबलमा झापा च्याम्पियन


बिर्तामोड, असार २५ । कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले चुमेको छ । आज भएको फाइनल खेलमा भोजपुरको महिला टिमलाई पराजित गर्दै झापा च्याम्पियन बनेको हो ।

प्रतिस्पर्धात्मक खेलमा झापाले १–० गोलअन्तरले भोजपुरलाई फाइनलमा रोक्दै उपाधिमाथि कब्जा जमाएको हो । जसमा झापाकी जेनिफर मगरले दोस्रो हाफको १५औँ मिनेटमा निर्णायक गोल गरेकी थिइन् ।

फाइनल खेलको वुमन अफ दि म्याच झापाकी कप्तान खुस्मा राई घोषित भइन् । उनले नगद २ हजार प्राप्त गरिन् ।

बेस्ट गोलकिपर झापाकै जसोदा लिम्बू भइन् भने बेस्ट डिफेन्डर भोजपुरकी कमला श्रेष्ठ भइन् । यसैगरी, सर्वाधिक गोलकर्ता झापाकी जेनिफर मगर भइन् । उनले ९ गोल गरेकी थिइन् ।

झापाकी सिमरन राई बेस्ट मिडफिल्डर भइन् । यस्तै, भोजपुरकी कप्तान आरती भुजेल बेस्ट फरवार्ड भइन् । प्रतियोगिताको बेस्ट कोच झापाका सन्त रायामाझी बनेका छन् भने राइजिङ प्लेयर खोटाङकी गोलरक्षक रिया राई घोषित भइन् ।

उनीहरुले जनही ३–३ हजार पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी झापाकी जेनिफर मगर भइन् । उनले नगद ३५ हजार र ट्रफी पाइन् ।

प्रदेशस्तरीय च्याम्पियन बनेको झापाली टोलीले उपाधिसहित नगद २ लाख र उपविजेता भोजपुरले १ लाखमा चित्त बुझाएको छ ।

प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेश विराटनगरको आयोजना तथा जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजनमा प्रतियोगिता सञ्चालन भएको थियो ।

प्रतियोगिताका विजेता तथा उपविजेतालाई बोर्डका सदस्य सचिव कृष्ण बस्नेत, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, दिक्तेल रुपाकोट मजुवागडी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, दिक्तेल रुपाकोट मजुवागडी वडा नम्बर १४ वडा अध्यक्ष दिनेश राई लगायतले पुरस्कार वितरण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer