२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

लायन्स बिर्तामोड स्मार्ट लेडीद्वारा वृक्षरोपण


बिर्तामोड, साउन १ । लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले झापाको अर्जुनधारामा वृक्षरोपण गरेको छ ।

क्लबको वृक्षरोपण कार्यक्रमअन्तर्गत अर्जुनधाराको सप्तश्री गुरुकुल सत्यधाममा आज सुपारी, लिच्ची, आँप लगायतका फलफूलका बिरुवा रोपिएको हो ।

अनादिकालदेखि नै खेतबारी, बाटोछेउ, पानीपँधेरा वरपर, कुलो नहरछेउ, मठमन्दिर वरपर, सार्वजनिक जग्गालगायतका स्थानमा बोटबिरुवा रोप्ने र हुर्काउने परम्परा रहँदै आएको छ ।

क्लबले यो परम्परालाई निरन्तरता दिँदै सत्यधाम परिसरमा फलफूलका बिरुवा रोपेको क्लबकी कोषाध्यक्ष पुनम उप्रेती घिमिरेले जनाकारी दिइन् ।

क्लबकी प्रथम उपाध्यक्ष यशोदा उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब ३२५ सिका डिस्ट्रिक्ट गभर्नर विकास अधिकारी प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा भाइस डिस्ट्रिक्ट गभर्नर लीला चिमरिया, अग्रज लायन्सकर्मी सत्यनारायण शर्मा, रमेश खत्री, रोशन बुढाथोकी, शैलेन्द्र करुङबाङ, गुरुकुलका प्राचार्य लक्ष्मी खनाल तथा स्मार्ट लेडीका सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संयोजक पूर्वअध्यक्ष पार्वता गिरी रहेकी थिइन् भने कार्यक्रमको सञ्चालन सचिव शिला भट्टराई तथा स्वागत संस्थापक सचिव मिरा खड्काले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer